अलमुताइरीले टोलीबाट निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

एन्फा कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडी तथा उनीहरूको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङलाई राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए । 

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो ।  

त्यस्तै, बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा अलमुताइरी र कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई निर्देशन दिएको छ ।

बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीद्र जोशी र विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई  नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ६:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया