माधव नेपाललाई गोकुल बाँस्कोटाको प्रश्न- मन्त्रीहरूले टालो बनाएर फाल्दा कस्तो लाग्यो ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफूले बनाएका मन्त्रीहरूले नै ‘टालो बनाएर फालिदिएको’ टिप्पणी गरेका छन् । 

नेपाललाई व्यंग्य गर्दै बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरूले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला? म्यादीभित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ ।’

एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने अझै कार्यान्वयन गरेका छैनन् ।  





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ७:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया