प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन् ।
बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।
उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए । उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए । उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।
'आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभूत रूपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्द्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्याउने विश्वास लिएको छु,' उनले भने, 'मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।