‘जेल’ परेको कुकुरले तीन महिनापछि भेट्यो मालिक

तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमा नै थियो । 

मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुको थुनामा राखिएको थियो । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । त्यसपछि डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो।

कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए । 

कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुम कार्मारोङ गाउँपालिका-१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए । डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएको तर पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो । 

जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।  





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १४:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया