राष्ट्रिय प्रजातन्त्र पार्टीले न्यायाधीश-अधिवक्ताबीचको 'घुस डिल'बारे तत्काल छानबिन गरी छानबिन गरी कारबाही गर्न न्यायपरिषदमा निवदेन दिएको छ ।
इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न २ करोड 'घुस डिल' गरेका न्यायाधीश र अधिवक्तालाई तत्काल कारबाही गर्न माग गर्दै पार्टीका प्रवक्ता तथा सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले आज निवेदन दर्ता गरेका हुन् ।
उनले नगदी बार्गेनिङको अडियोका आधारमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्धप्रसाद पोखरेललाई तुरुन्तै पदबाट हटाउन माग गरेका छन् ।
उनले दिएको निवेदनमा न्यायाधीश कोइरालालाई अब आइन्दा कुनै पनि न्यायिक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कानुनी कारबाही गर्न भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।