शुक्रबार हेटौंडामा एक दिने ‘डेरी मेला’ हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि शुक्रबार एक दिने ‘डेरी मेला’ हुने भएको छ । नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा भोलि एक दिने डेरी मेला गर्न लागेको हो ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचार प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । 

उनका अनुसार हेटौंडा–२ को पल्पसा सदनमा भोलि बिहान १० बजे देखि अपराह्न ४ बजेसम्म डेरी मेला रहने र त्यसपछि एसोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुनेछ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी मन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन गर्ने मेला तथा साधारण सभामा देशभरबाट डेरी व्यवसायीको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १७:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया