पेट्रोलियममा वृद्धि गरिएको मूल्य घटाउने मन्त्री बडूको संकेत

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् । 

करका दरहरुमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताएका हुन् । 

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए । 

‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । यसको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ । ट्याक्स समायोजन गरेर भएपनि घटाउनेतर्फ संसदमा जुन कुराहरु रहेको छ,’ मन्त्री बडूले भने, ‘त्यसको सन्दर्भमा सरकाुरको ध्यानाकर्षण भएको छ । अर्को विकल्प भनेको विद्युत्को खपत बढाउने हो । त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १८:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया