खप्तडछान्नाले एमबिबिएस पढ्ने विद्यार्थीलाई १० प्रतिशत अनुदान दिने

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी एमबिबिएस डाक्टर अध्यायनका लागि सम्बन्धित निकायबाट छनोट भएका विद्यार्थीहरुका लागि खप्तडछान्ना गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको छ । खप्तडछान्ना गाउँपालिकाभित्र एमबिबिएस पढेका विद्यार्थीको संख्या कम भएकाले डाक्टर पढ्न इच्छुक विद्यार्थीहरुका लागि पैसाको अभावले पढाइबाट वञ्चित नहोस् भनेर पालिकाले यस्तो खालको निर्णय गरेको हो ।

गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिवेशनबाट एमबिबिएस पढ्ने विद्यार्थीका लागि जम्मा लागतको १० प्रतिशत अनुदान सहयोग गर्नेलयागतका अन्य आर्कषण निती तथा कार्यक्रम ल्याएको छ । बिहीबार गाउँपालिकाको गाउँ सभामा दोस्रो कार्यकालका निर्वाचित जनप्रतिनिधिहरुले अघिल्लो कार्यकालमा पेस भएका नीति तथा कार्यक्रमभन्दा फरक खालका नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ ।
 
आफ्नै लगानीमा एमबिबिएस तथा जियोलोजी पढ्ने विद्यार्थीलाई दुई वर्ष पालिकामा काम गर्ने अनिवार्य सर्तसहित अनुदान दिने नीति ल्याएको हो । यसलाई कार्यविधिमार्फत व्यवस्थित गरिने बताइएको छ । 

गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, पूर्वाधार निर्माण, पर्यटनलगायत सर्वसाधारण नागरिकको प्रत्यक्ष जीवनमा फाइदा पुग्ने नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ ।
 
४० करोड ५० लाख ४८ हजार रुपयाँ बजेट प्रस्तुत गरेका उपाध्यक्ष थापाले एकल महिला, आर्थिक तथा सामाजिक रुपले विपन्न दलितलाई गाउँपालिकामा उद्योग दर्तामा निःशुल्क, एक गाउँ एक नर्सरी, ज्येष्ठ नागरिक निःशुल्क घरदैलो उपचार कार्यक्रम, विद्यार्थीलाई विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम, भष्टाचार न्यूनीकरणमा व्यापक युवा परिचालन कार्यक्रम, उत्कृष्ट काम गर्ने शिक्षकलाई अध्यक्ष शैक्षिक अवार्ड कार्यक्रम, बाढीपीडित नागरिकलाई जीविकोपार्जन सुधार गर्न प्राथमिकतामा राख्नसमेत जोड दिएको छ ।

‘विकासमा प्रतिबद्ध, आर्थिक रुपमा समृद्ध’ नारा लिएको दोस्रो गाउँ सभाले गाउँपालिका गत वर्षमा आएको अविरल बाढी पहिरोबाट क्षति भएका संरचनाको पुर्ननिर्माण, बाढीपीडित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि पहल गर्ने नीति लिएको छ । 

पर्यटकीय क्षेत्रको सम्भावना रहेको यस पालिकामा खप्तड क्षेत्रको पर्यटन विकासलाई मुख्य आर्थिक मेरुदण्डका रुपमा लिने अध्यक्ष उत्तम रोकायाले बताए । सीमित स्रोतसाधनलाई परिचालन गरी विषेश गरी शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिएको अध्यक्ष रोकायाले बताए ।
 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार २०:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया