जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विदुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउनेबित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् ।
एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए ।
नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको थियो । त्यस्तै, बैठकले गर्भवती र सुत्केरीलाई निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क रूपमा प्रयोग हुने भएको हो । आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।