राष्ट्रिय कविता महोत्सव–२०७९ : सुनसरीकी कवि टीका आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवमा यस वर्ष आत्रेयले प्रथम स्थान प्राप्त गरेकी हुन् । 

धादिङका यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय र भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविता तृतीय भएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायद्वारा प्रेषित विज्ञप्तिमा ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार सम्पन्न कविता महोत्सवमा उल्लेखित कविताका कविहरू पुरस्कारका लागि छनोट भएको जनाइएको छ ।  

 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार २१:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया