नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ ।
बिहीबार एक डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । आज युरो १ को खरिद दर १३१.४८ पैसा र विक्री दर १३२.११ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८६.१९ पैसा विक्री दर ८६.६० पैसा तोकेको छ ।
जापानी येन १० को खरिद दर ९.२४ पैसा र विक्री दर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिद दर रहेको छ भने विक्री दर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।