पूर्वमन्त्री कार्कीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि

प्रदेश–१ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । आज बिहान झापाको गौरादह नगरपालिका–३ स्थित कार्कीको घर अगाडि प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको हो । 

सो घर एमाले झापाका अध्यक्ष दीपक कार्कीको पनि हो । आज बिहान ५ः३० बजेतिर तार जोडिएको कुकर फेला परेको थियो । उनले पुरानो कुकरमा तार जोडिएको अवस्थामा कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

खबरलगतै चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली शंकास्पद वस्तु फेला परेको स्थानमा पुगेको थियो । निरीक्षणपछि सो वस्तु ‘होक्स’ भएको पुष्टि भएको छ ।

 ‘कुकर खाली रहेछ, खाली कुकरमा तार जोडेको पाइयो,’ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिलिप गिरीले भने । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ९:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया