६ वर्षपछि युभेन्ट्स फर्कदै पाेग्बा
फरकधार / १० असार, २०७९

फ्रेन्च मिडफिल्डर पउल पोग्बा  इटालियन क्लब युभेन्ट्स फर्कने पक्का भएकाे छ । म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएसँगै फुकुवा भएका पोग्बालाई युभेन्टसले ‘फ्रि ट्रान्सफर’ मा भित्र्याउने निश्चित भएको हो ।



अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीच सम्झौताको सम्पूर्ण तयारी भइसकेको छ । पाेग्बा बिदाबाट फर्किनासाथ सम्झौता हुनेछ । सार्वजनिक खबरहरूका अनुसार सम्झौताको आधिकारिक घोषणा केही दिनमै हुनेछ ।

पोग्बा ६ वर्षपछि इटालियन क्लब फर्किन लागेका हुन् । उनी सन् २०१६ मा तत्कालिन कीर्तिमानी मूल्य ९० मिलियन युरोमा इङ्लिस क्लब अनुबन्धित भएका थिए ।



त्यसअघि पोग्बाले सन् २०११/०१२ को सिजन युनाइटेडमा नै बिताएका थिए । उनले ओल्ड ट्राफाेर्डमा ६ वर्ष बिताउँदा १५४ प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए । 



  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १३:१४:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया