अपराधीलाई कारबाहीका लागि दबाब दिन देउवाको आग्रह

धनगढी– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कारजस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारबाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।  

नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारबाही गर्न मिडियाले दबाब दिनुपर्छ ।’ 

नेता देउवाले आफ्नो नेतृत्वको सरकारले वाइडबडी जहाज खरिद गर्ने निर्णय नगरेको स्पष्ट पारे । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै उपसमिति गठन गरेर वाइडबडी जहाज खरिद प्रक्रिया सुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरिदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे । ‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भने। ‘विमान खरिदमा अनियमित गर्ने दोषीमाथि कारबाही गर्नुपर्छ ।’ 

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा.डा. गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए ।  





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १४:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया