विरोध खतिवडाले भने - राष्ट्रियसभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ

नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । 

पार्टीको पोलिटब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन् । 

यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए । ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उनले भने ‘पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’
 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १७:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया