कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डिआर उपाध्यायले भरेका छन् । 

त्यस्तै, सिलान लम्सालले सम्पादन गरेको भिडयो दीपक वलीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् । गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाएकोले उत्कृष्ट रहेको बताए । 

भिडियोको सुटिङ ५ हजार २ सय मिटरको उचाइमा भएको बताए । त्यस्तै मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउने बताइन् । त्यस्तै गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाए पनि पछि फिल्ममा हाल्ने कुराले उत्साहित बनाएको बताए । गायक ओडले फिल्ममा आएको आफ्नो पहिलो गीत नै ए मेरो हजुर भएको बताए । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १९:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया