मन्त्री पदबाट २४ घण्टाभित्र राजीनामा दिन्छु : प्रेम आले

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीले गरेको निर्णय कार्यान्वयनमा भूमिका खेल्ने बताएका छन् ।

उनले २४ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिएर पार्टीले गरेको निर्णयको कार्यान्वयन गर्ने बताएका हुन् । 

शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आले भने, 'पार्टीले गरेको निर्णयलाई मान्दै २४ घण्टाभित्र राजीनामा दिन्छु।' 

पार्टीले छापामार शैलीमा फिर्ता हुने निर्णय गरेको भन्दै उनले बैठकमा असन्तुष्टिसमेत जनाएका थिए । पार्टीले गरेको निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको उनको गुनासो थियो ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार २१:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया