लामो समयपछि अस्ट्रेलियन टेस्ट टोलीमा फर्किए म्याक्सवेल

अलराउण्डर ग्लेन म्याक्सवेललाई अस्ट्रेलियन टेस्ट टोलीमा बोलाइएको छ । क्रिकेट अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टका लागि म्याक्सवेललाई टोलीमा समेटेको हो ।

टार्भिस हेड चोटका कारण खेल्न नसक्ने भएपछि म्याक्सवेललाई टोलीमा मैका दिइएको हो  । टार्भिसले श्रीलंकाविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा घाइते भएका थिए ।

म्याक्सवेल २०१७ पछि पहिलो पटक टेस्ट टोलीमा समावेश भएका हुन् । श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीसँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ। पहिलो टेस्ट आगामी बुधबारदेखि सुरु हुनेछ ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार ८:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया