बैंकक– थाइल्यान्डमा जारी स्म्यास महिला टी–२० किक्रेटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेट गुमाएर १ सय ५ रन जोडेको थियो । १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १८औँ ओभरमा जित निकालेको थियो ।
नेपालको उत्कृष्ट सुरुवातले जितको यात्रा सहज बनायो । नेपालले पहिलो विकेटको रुपमा ओपनर सीता राना मगरलाई गुमाउँदा स्कोर बोर्डमा ६१ रन थियो । १२औँ ओभरमा सर्वाधिक ३७ रन बनाएर आउट भएकी सीताले ४ चौका प्रहार गरिन् ।
यस्तै, नेपालकी अर्की ओपनर काजोल श्रेष्ठ २५ रन जोडेर आउट भइन् । नेपालका लागि इन्दु वर्माले १३ रन तथा कप्तान रुविना क्षेत्रीले नट आउट १० रन जोडे । यस्तै, डोली भट्टले ७ तथा नेरी थापाले नटआउट ६ रन बटुले ।
यसअघि, युएईका लागि चाया मुघलले ३१, इसा ओजतले २८ तथा चामनी सेनेभिराथ्नेले २१ रन जोडे । नेपलकी सोनु खड्का, सीता राना मगर र करुणा भन्डारीले समान १ विकेट लिए । युएईको तीन ब्याट्समेन रन आउट भएका थिए ।
जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।