सुर्खेतका पालिकाको कसको बजेट कति ?

सुर्खेतका ९ स्थानीय तह मध्य सबैभन्दा धेरै बजेट वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । वीरेन्द्रनगर नगरपालिकाले कुल एक अर्व ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ ।

यसैगरी लेकवेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रुपैयाँको कुल बजेट ल्याएको छ । पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँको कुल बजेट ल्याएको छ । गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । भेरीगंगा नगरपालिकाले भने ६७ करोड पाँच लाख ८१ हजार सात सय ८९ रुपैयाँको कुल बजेट ल्याएको छ ।

यता सुर्खेतका गाउँपालिका तर्फ भने चौकुने गाउँपालिकाले कुल ५७ करोड ६८ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३, चिङ्गगाड गाउँपालिकाले ४९ करोड ३८ लाख ९६ हजार आठ सय ९६  सिम्ता गाउँपालिकाले कुल ५९ करोड ९५ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १०:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया