पोखरामा पहिरोले खोला थुनियो, १५० घर डुबे
तस्बिरः बसन्त दाहालको फेसबुकबाट

अविरल वर्षासँगै पोखराका ठाउँ - ठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ । शनिबार बिहान पोखरा २५ सुइँखेतमा १५० घर डुबेका छन् । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

डुबानले बस्ती सँगै व्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १०:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया