वामदेव गौतमले भने - नेकपा विभाजनको कारण प्रचण्ड हुन्

पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्डका कारण विभाजन भएको आरोप लगाएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

गौतमले तत्कालीन पार्टी अध्यक्ष प्रचण्डले तत्कालीन अर्का अध्यक्ष केपी ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन् । 

प्रचण्डले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरूप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान(प्रतिनिधिसभा विघटन) नै ध्वस्त पारेको गौतमको तर्क छ । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १२:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया