महिला पार्टी खोल्ने योजना होइन : रामकुमारी झाँक्री
फाइल तस्वीर

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले छुट्टै पार्टी खोल्ने योजना नभएको बताएकी छन् । मन्त्री झाँक्रीले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नयाँ पार्टी खोल्ने योजना नभएको दाबी गरेकी हुन् ।

केही दिनअघि मात्र मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएपछि उनले महिलाको ठाउँमा महिलालाई सिफारिस नगरिएको भन्दै छुट्टै महिला पार्टी खोल्नेबारे सामाजिक सञ्जालमा लेखेकी थिइन् । त्यसपछि उनले नयाँ पार्टी खोल्न लागेको टीकाटिप्पणी हुन थालेको थियो । 

त्यसबारे स्पष्ट पार्दै उनले फेसबुकमा लेखेकी छन्, ‘केही दिनअघि रविजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ । नाम प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरेँ । अनि यो तलको पार्टीको नाम भेटेँ, सिद्धान्त पढेपछि मलाई मन पर्यो । सार्वजनिक बहस गरौं न भन्ने ठानेर रूचि हुने साथीहरूको लागि पोष्ट गरेको हुँ । यो पोष्टसँग मेरो कुनै योजना जोडिएको विषय भने होइन ।’





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १८:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया