मन्त्री आलेले गरे धनगढी विमानस्थल स्तरोन्नति कार्यको शिलान्यास

धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ । शनिवार एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरेका हुन् ।

धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच उनले स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरे । उक्त स्तरोन्नतिको निर्माण कार्य अन्तरगत टर्मिनल भवन सुधार, ब्यागेज ह्यान्डलिङ सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ ।

ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ । क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो ।

सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ बिघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया सुरु भैसकेको छ ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार २०:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया