काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले पुनर्निर्माणमा भएको प्रगति र आगामी कार्ययोजना मरामर्श परिषद्को बैठकमा पेस गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको चौथो बैठकमा ज्ञवलीले उक्त कार्ययोजना पेस गरेका हुन् ।
ज्ञवालीले निजी आवास पुनर्निर्माण, गुनासो सुनुवाइ तथा पुनरावेदन, बस्ती स्थानान्तरण, एकीकृत बस्ती र जोखिम वर्गका लाभग्राही, शिक्षण तथा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण लगायतको अवस्था प्रस्तुत गरे ।
बैठकमा कार्यकारी ज्ञवालीले सरकारी एवं सुरक्षा निकायका भवन पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणको पछिल्लो प्रगति विवरण पनि पनि गरे ।
बैठकमा प्रधानमन्त्री तथा परामर्श परिषद्का अध्यक्षसहित पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु भूकम्प अतिप्रभावित जिल्लाका सांसद तथा विज्ञसमेत उपस्थित छन् ।
ज्ञवालीले कार्ययोजना पेस गरेपछि अहिले सहभागीहरु बोल्ने क्रम सुरु भएको छ । सहभागीले पुनर्निर्माणसम्बन्धी सुझाब दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।