गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला, एक जना प्रहरीको नियन्त्रणमा

दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परेकी छन् । उनी शनिबार पौने ११ बजे कोठामै मृत अवस्थामा फेला परेकी  प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् । 

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ । 

सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया