जीतपुर-सीमरा उद्योग वाणिज्य संघ निर्वाचन : ९७७ मत खस्यो, केही बेरमा गणना सुरु

बाराको जीतपुर–सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ९ सय ७७ मत खसेको छ ।

जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो । संघको वाणिज्यतर्फ १ हजार २ सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल १ हजार ३ सय पाँच मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन मण्डलले गरेको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसँग बसेर छलफल गरी मतगणना सुरु गरिनेछ ।

संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया