लोसपा र लोक दलबीच आज एकता हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकता हुने भएको छ । यी दुई पार्टीबीच आज दिउँसो साढे २ बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता हुने भएको हो । 
 
कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ ।

सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन ।

उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए । संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्वसन्ध्यामा लोसपा र लाेक पारीबीचमा एकीकरण हुन लागेको हो ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया