भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएको छ । इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्यापिड टेस्टको दौरान संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएपछि रोहित होटलमै सेल्फ आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमणका कारण ओपनर रोहितले इंग्ल्याण्डविरुद्धको टेस्ट गुमाउने सम्भावना बढेको छ ।
इंग्ल्याण्ड र भारतबीचको टेस्ट शुक्रबार सुरु हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।