स्कटल्याण्ड र क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा, ज्ञानेन्द्रले यसपालि पनि पाएनन् मौका

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टाेली घाेषणा भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सन्दीप लामिछानेकाे कप्तानीमा १४ सदस्यीय नेपाली टाेली घाेषणा गरेकाे हाे । यसपालि पनि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टिममा माैका पाएनन् ।

सुनिल धमला, सुवास खकुरेल र सागर ढकाल टाेलीबाट बाहिरिएका छन् । बसिर अहमद, किशाेर महतो र पवन सर्राफले भने टाेलीमा स्थान बनाएका छन् । 

सिरिज स्कटल्याण्डमा जुलाई १० देखि १७ सम्म हुनेछ । सार्वजनिक खेल तालिकाअनुसार नेपालले ११ जुलाईमा नामिबियाविरुद्धकाे खेलबाट सिरिजकाे सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चाैथाे तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।

सिरिजअघि नेपालले क्यानडामा एक अभ्यास तथा दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छ । नेपालले १ जुलाईमा ओन्टारियाे क्रिकेट एकेडेमी क्लबसँग अभ्यास तथा जुलाइ ४ र ५ मा क्यानडाकाे राष्ट्रिय टाेलीसँग दुई खेलकाे एकदिवसीय अन्तर्राष्ट्रिय  सिरिज खेल्ने भएकाे हाे । 

नेपाली टाेली : सन्दीप लामिछाने(कप्तान), राेहितकुमार पाैडेल (उपकप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख,देव खनाल, विनाेद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, साेमपाल कामी, बसिर अहमद र किशाेर महताे । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया