मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने मोटरसाइकल कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकलमाथि कारबाही सुरु गरेको छ ।

टुटल, पठाओलगायत मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सोमबार बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र  प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ । 

कानुनअनुसार, निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न पाउँदैनन् । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारबाही गरिएको महाशाखाले जनाएको छ । 

भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेको सूचना पाएपछि महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारबाही अभियान सुरु गरेको हो । महाशाखाका अनुसार यात्रु बोक्ने मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएकाे छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार २१:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया