\
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ ।
नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
तीन सातअघि एकीकृत समाजवादीको सचिवालयले आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेकालाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।
जसअनुसार देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा भएका छन् ।
त्यस्तै, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनेका छन् ।
त्यस्तै, हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त भएकी छन् ।
पार्टीको निर्णयअनुसार पर्यटन मन्त्री रहेका प्रेम आले, स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्री र श्रममन्त्री रहेका किसान श्रेष्ठ फिर्ता भएका छन् ।
मन्त्रीहरूको कार्यविभाजन :
क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
1. | शेरबहादुर देउवा | प्रधानमन्त्री | रक्षा |
2. | बालकृष्ण खाँण | मन्त्री | गृह |
3. | ज्ञानेन्द्रबहादुर कार्की | मन्त्री | सञ्चार तथा सूचना प्रविधि |
4. | पम्फा भुसाल | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिंचाइ |
5. | राजेन्द्रप्रसाद श्रेष्ठ | मन्त्री | सङ्घीय मामिला तथा सामान्य प्रशासन |
6. | जनार्दन शर्मा | मन्त्री | अर्थ |
7. | उमाकान्त चौधरी | मन्त्री | खानेपानी |
8. | डा. नारायण खड्का | मन्त्री | परराष्ट्र |
9. | रेनुकुमारी यादव | मन्त्री | भौतिक पूर्वाधार तथा यातायात |
10. | दिलेन्द्रप्रसाद बडू | मन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति |
11. | देवेन्द्र पौडेल | मन्त्री | शिक्षा, विज्ञान तथा प्रविधि |
12. | महिन्द्र राय यादव | मन्त्री | कृषि तथा पशुपन्छी विकास |
13. | उमा रेग्मी | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
14. | शशी श्रेष्ठ | मन्त्री | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
15. | रामसहाय प्रसाद यादव | मन्त्री | वन तथा वातावरण |
16. | महेश्वरजंग गहतराज | मन्त्री | युवा तथा खेलकुद |
17. | गोविन्द प्रसाद शर्मा (कोइराला) | मन्त्री | कानुन, न्याय तथा संसदीय मामिला |
18. | जीवनराम श्रेष्ठ | मन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
19. | मेटमणि चौधरी | मन्त्री | सहरी विकास |
20. | भवानी प्रसाद खापुङ | मन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या |
21. | शेरबहादुर कुँवर | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
22. | उमेश श्रेष्ठ | राज्यमन्त्री | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |
23. | बोधमायाकुमारी यादव | राज्यमन्त्री | शिक्षा, विज्ञान तथा प्रविधि |
24. | हिराचन्द्र के.सी. | राज्यमन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या |
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।