माधव नेपालप्रति झाँक्रीको गुनासो : चुनाव समीक्षा बैठक बोलाएर मन्त्री फेर्ने निर्णय गरियो

रामकुमारी झाँक्रीले बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्री पदमा रहेको बताएकी छन् । 

आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पदबाट राजीनामा दिएकी झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गरिन् । 

उनले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न शुरु गरेको खुलाइन् । 

उनले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासि सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्षप्रति गुनासो गरिन् । 

उनले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताइन् । पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भए पनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको उनको गुनासो छ । 

उनले भनिन्,‘बजेट बनाउने कुरामा मन्त्रालयको सन्तुलन मिलाउने काममा थियौँ । मेरो पार्टीले चुनाव समीक्षा बैठक बोलाएको मन्त्री फेर्ने निर्णय गरेछ ।’



उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनी सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताइन् । झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताइन् ।

मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिइन् ।



  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १९:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया