पानी कम पिउँदा निम्तन्छन् यस्ता समस्या

मानिसको जीवनमा खानेकुराभन्दा बढी पानी आवश्यक हुन्छ । पानीविना बाँच्न असम्भव छ । त्यसैले पानी जीवन हो । शरीरका महत्वपूर्ण अगंहरू पानीले बनेका हुन्छन् । रगत, मासंपेशी, हड्डी आदि सबैमा पानी आवश्यक पर्दछ । स्वास्थ्य विशेषज्ञका अनुसार मानिसको शरीरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक आठ गिलास पानी पिउनुपर्छ ।

विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनुपर्छ । पानीको कमी हुँदा किड्नीको समस्या, पिसाबको संक्रमण हुने गर्दछ । पानीको कमीले निम्न समस्याहरू देखा पर्दछ ः 

कब्जियत शरीरमा पर्याप्त पानी नभएमा कब्जियतको समस्या देखा पर्दछ । 

पेटको अल्सर शरीरमा पानीको कमी हुँदा पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर हुन जान्छ ।

 प्राचन प्रणालीमा समस्या हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउन र पाचन प्रणालीलाई सफा बनाउन पानीको आवश्यकता पर्दछ । पानीको अभावमा पाचन प्रक्रिया असहज हुन्छ ।

जोर्नी दुख्छ शरीरमा पर्याप्त पानीको मात्रा नभएमा शरीर पोल्ने र जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीमा लगभग ८० प्रतिशत पानी रहेको हुन्छ ।



डिहाइड्रेसन  पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले अरू समस्या पनि उत्पन्न गराउँछ ।

मुटुको धडकन बढ्छ जब शरीरमा पानीको अभाव हुन्छ तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुने गर्दछ । पानीको कमीले मुटुको चाल असामान्य बनाउँछ ।



शरीरको तापक्रम वृद्धि पानीको कमी हुँदा हाम्रो शरीरमा तापक्रम बढ्छ । शरीरलाई चिसो बनाउनका लागि पनि पानी पिउनुपर्छ ।

आँखा धमिलो हुन्छ शरीरमा पानीको अभाव भएमा कुनै पनि तन्तु तथा कोषले पानी पाउँदैनन् । त्यसकारण शरीरलाई आलस्य, कमजोर हुनुका साथै आँखा पनि धमिलो हुन्ने गर्दछ ।

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ०:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया