सोमबार एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक

नेकपा (एकीकृत समाजवादी)ले सोमबारका लागि प्रथम केन्द्रीय परिषद् बैठक बोलाएको छ । बंैठक यही असार १३ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

बैठकमा देशभरबाट करिब एक हजार ५०० सहभागी हुने बताइएको छ । परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन्।

उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, पार्टीको देशभर भएका सांगठनिक गतिविधि, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभागले जनाएको छ । 
 
बैठकमा पार्टी महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार २१:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया