फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ । अहिलेसम्म उद्धारकर्ताले दुईजना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । 

आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एकजना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी  किनारमा बसेको देखाइएको छ । 

१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन । क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ६:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया