नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथगह्रण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दै छन् ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । 

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका छन् । हिरा केसीले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १२:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया