\
जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ ।
अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो ।
विद्युत् प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ । जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरू प्रभावित हुँदा बिजुली आपूर्तिमा कडाइ गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।