एएफसी एलिट महिला रेफ्री तथा सहायक रेफ्री प्यानलमा फिफा रेफ्री अञ्जना राई

फिफा रेफ्री अञ्जना राईलाई एएफसी एलिट महिला रेफ्री तथा सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको छ । एएफसी महिला रेफ्री तथा सहायक रेफ्री चयन कोर्स पूरा गरेपछि उनलाई प्यानलमा समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । 

एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार राईलाई एलिट रेफ्री प्यानलमा समावेश गरिएको पत्र एन्फालाई पठाएको थियो । यो पत्र प्राप्त भएसँगै राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा सहभागी गराइनेछ ।

यो पाठ्यक्रम नोभेम्बरमा तय गरिएको थियो । राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी हुन् । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १२:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया