नेताहरु जिल्लामा आउँदा खादा माला आवश्यक छैन : पौडेल


नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जीवनको छुट्टै महत्व हुने बताए ।

कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उनले आग्रह गरे । 'नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता/कार्यकर्ता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,' उनले भने । 

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मैनदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने । 

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको पौडेलले बताए । जनताको बहुदलीय जनवादका अलग–अलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागिरहेको उनको तर्क थियो । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १५:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया