थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ३५८ जनामा कोरोना परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी थप ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना संक्रमण मुक्त भएका छन् । अब देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १६:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया