प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन हेटौंडामा सुरु [तस्बिरहरु]

बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) सोमबारबाट सुरु भएको छ । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपज हरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईंले बताए ।

चौलागाईंका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरूमा महिलाले उत्पादन गरेको उपज हरु राखिएको छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यमी प्रतिनिधिहरू, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए । मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी छन् । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १६:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया