मधेश प्रदेशले ‘युवा महोत्सव’ आयोजना गर्ने

मधेश प्रदेश सरकारले पहिलोपटक ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ । प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो । मन्त्री वीरेन्द्र प्रसाद सिंहका अनुसार ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेश प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ ।

महोत्सवमा मधेश मन्थन, मधेश जागरण, मधेश हदिया, सांस्कृतिक साँझ, मधेश मान तथा घोषणापत्र सार्वजनिक हुने उनले बताए । उद्योग वाणिज्य संघ जनकपुरमा महोत्सव हुनेछ ।  सम्पूर्ण युवा तथा सरोकारवालाहरूलाई सहभागिता जनाउन मन्त्री सिंहले अपिल गरेका छन् ।

युवा मैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उनले बताए । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया