बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल बैतडीका अनुसार अस्पतालमा अहिले भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका अस्पतालको ओपिडिमा कार्यरत अहेब लक्ष्मी गुरुले जानकारी दिए। अस्पतालमा अहिले दैनिक एक सयभन्दा बढी बिरामीहरु भाइरल ज्वरोका आउने गरेका उनले  बताए ।

भाइरल ज्वरोका बिरामीमध्ये सबैभन्दा बढी बालबालिका रहेको बताइएको छ । वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने लक्षणका बिरामी उपचारका लागि आउने गरेका  जिल्ला अस्पताल बैतडीमै कार्यरत अर्का अहेब देव सिंह रावलले बताए ।

उपचारका लागि आएकामध्ये चेकजाँच गर्दा कतिपयमा स्क्रब टाइफस समेत फेला परेको उनले बताए । आइतबार मात्रै उपचारका लागि अस्पताल पुगेका दुईजनामा स्क्रब टाइफस फेला परेको उनको भनाइ छ । 

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएकाले शरीर तातो नै रहेको बेला चिसो पदार्थ पिउने गर्नाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा इन्फेक्सन भएर भाइरल ज्वरो हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

भाइरल ज्वरोका बिरामीलाइ उमालेर  सफा पानी पिउन, खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार २१:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया