पूर्वअर्थमन्त्री खतिवडाका कारण शोधनान्तर घाटाको स्थिति आयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताएका छन् । 

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद ः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताए । 

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै उनले आफू वामपन्थी तथा कम्युनिस्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए । देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेले परिवर्तनअनुरुपको ऐन, कानुन निर्माण गर्न नचाहेको पनि उनले बताए । 

अध्यक्ष दाहालले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसिसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न उनले आग्रह गरे । एमसिसीलाई व्याख्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै उनले एसपिपी खारेज गराउन आफूहरुले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे । 

कम्युनिस्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउँदै उनले कम्युनिस्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी पनि गरे । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार २१:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया