काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। मेयर बालेन्द्र शाहले ट्विटरमा हटलाइन सञ्चालनबारे जानकारी दिँदै यो सेवा २४ सै घण्टा सञ्चालन हुने बताएका छन् ।
महानगरले ११८० मा टेलिफोन गरेर आवश्यक जानकारी लिने व्यवस्था गरेको हो। उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ । ११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिनेछ ।
हालसम्म काठमाडौँ उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले आज देखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौ ।
— Balen Shah (@ShahBalen) June 27, 2022
1180 मा फोन गरेर आवस्यक जानकारी लिन सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।