\


देशभर मनसुनी वायु सक्रिय, आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?
फरकधार / १४ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा  र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।



बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश–१, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ६:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया