\
आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाबाहेक अन्यमा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ ।
‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने ।
अभावका लागि उनले उपभोक्तासँग माफीसमेत मागे । ‘मानिसहरूमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दछौं’, उनले अगाडि भने ।
सन् १९४८ मा स्वतन्त्र पाएपछि श्रीलंका अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयातका लागिसमेत रकम तिर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।