नेपाल भारतको घनिष्ठ मित्र : भारतीय गृहमन्त्री

राँझा– भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको घनिष्ठ मित्रता रहेको बताएका छन् ।  सीमावर्ती भारतीय शहर रुपेडीयामा भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन् । 

‘एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ गृहमन्त्री सिंहले भने,‘एकीकृत भन्सार जाँचचौकी निर्माण भएपछि नेपालसँगको व्यापार अझ विस्तार हुन्छ ।’ 

नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपैडियामा एकीकृत जाँचचौकी निर्माण भइरहेको जाँच चौकी दुई वर्षभित्र निर्माण गरिसक्ने बताइएको छ । ५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछ । 

भारततर्फ पूर्वाधार निर्माणको आधार तय गरी शिलान्यास गरिए पनि नेपालतर्फ भने जग्गा अधिग्रहण गर्नेबाहेक अन्य कुनै काम अगाडि बढेको छैन । नेपालतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा अधिग्रहण गरिएको ९० बिगाह क्षेत्रफलको जग्गा एक दशकदेखि अलपत्र अवस्थामा छ । सम्पूर्ण पूर्वाधार भारत सरकारले आफ्नै खर्चमा निर्माण गरिदिने प्रतिबद्धता भए पनि पनि काम अगाडि बढ्न सकेको छैन । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ७:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया