logo-img

विवादास्द ट्विट गरेको भन्दै मोदीका प्रखर आलोचक पक्राउ

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा  फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् ।

उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ । उनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन् ।

जुबैरले हालै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई 'हाइलाइट' गरेका थिए । 

उनको ट्विट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए । पछिल्लो सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन् । सन् २०१८ मा पनि विवादास्पद ट्विट गरेपछि जुबैर पक्राउ परेका थिए । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ९:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया